Like us!
Follow us!
Connect us!
Watch us!

विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, २६ चैत्र २०८१, ०७ : ४१ मा प्रकाशित

विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

विन नेपाल लघुवित्त वित्तीय संस्थाले जारी गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन हो। संस्थाले ५१ लाख २९ हजार २५० बराबरको एफपीओ जारी गरेको हो।

यो एफपीओ अन्तर्गत १०० रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५ कित्ता सेयर बिक्री खुला गरिएको छ।

१० देखि १ हजार कित्तासम्म आवेदन दिन सकिने

लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।
आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, साथै सीडीएससीको 'मेरो सेयर' प्रणाली प्रयोग गर्न सकिन्छ।

चुक्ता पुँजीमा वृद्धि, सर्वसाधारणको स्वामित्व ३०% पुग्ने

हाल विन नेपाल लघुवित्तको चुक्तापुँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ। एफपीओ बिक्रीपछि यस संस्थाको चुक्तापुँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्नेछ।
एफपीओ निष्कासनपछि सर्वसाधारण लगानीकर्ताको स्वामित्व ३० प्रतिशत कायम हुनेछ।

नेपाल एसबीआई मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक

विन नेपाल लघुवित्तको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको