Like us!
Follow us!
Connect us!
Watch us!

मातृभूमि लघुवित्तको साधारणसभा आज, एफपीओ र मर्जरको प्रस्तावमाथि छलफल हुने

अर्थ संसार

मंगलबार, ०२ बैशाख २०८२, ०९ : ०० मा प्रकाशित

मातृभूमि लघुवित्तको साधारणसभा आज, एफपीओ र मर्जरको प्रस्तावमाथि छलफल हुने

मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैठौं वार्षिक साधारणसभा आज बिहान ११ बजे काठमाडौंको बुढानीलकण्ठस्थित होटल अमुप्रस्थ ब्याङ्क्वेट एण्ड इभेन्ट्समा आयोजना गर्दैछ।

सभामा सर्वसाधारणमा थप सेयर निष्कासन (एफपीओ) तथा अन्य लघुवित्त संस्थासँग गाभ्ने सम्भावनाबारे छलफल हुने र सोसम्बन्धी कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पारित गरिने छ।

यसका साथै, गत आर्थिक वर्षको लेखापरीक्षित वित्तीय विवरण अनुमोदन गर्नुका साथै चालु वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने विषयमा पनि निर्णय गरिने कार्यक्रम रहेको छ।

साधारणसभाले ४ जना संस्थापक सेयरधनी तथा २ जना सर्वसाधारण सेयरधनी प्रतिनिधिको निर्वाचन समेत गर्नेछ। सभा प्रयोजनका लागि कम्पनीले चैत २२ गते बुक क्लोज गरिसकेको हुँदा चैत २१ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको