नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन बैंक लिमिटेडको संस्थापक सार्वजनिक प्रस्ताव (एफपीओ) सूचीकरण भएको छ। सोमबार नेप्सेमा ९२ लाख ५० हजार ४ सय ६९ कित्ता शेयर सूचीकृत भएपछि अब लगानीकर्ताले आफ्ना डिम्याट खातामा शेयर आएपछि खरिद–बिक्री गर्न सक्नेछन्।
बैंकले यसअघि असार ३२ गतेदेखि १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको एफपीओ बिक्री गरेको थियो। बैंकले सुरुवाती रूपमा प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६९ रुपैयाँ प्रिमियम जोडेर १६९ रुपैयाँमा निष्काशन गर्ने प्रस्ताव गरेको भए पनि नेपाल धितोपत्र बोर्डले मूल्य घटाएर १५७ रुपैयाँमा अनुमोदन गरेको हो।
यो एफपीओमा ९ लाख २५ हजारभन्दा बढी लगानीकर्ताले आवेदन दिएका थिए। तर वितरणमा सीमित मात्र पर्न सकेका थिए। तीमध्ये ९ जनाले ११ कित्ता पाएका थिए भने बाँकी सबैले १० कित्ताका दरले शेयर प्राप्त गरेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस