Like us!
Follow us!
Connect us!
Watch us!

पीसीपीएस कलेजद्वारा तेश्रो दिक्षान्त समारोह आयोजना

अर्थ संसार

सोमबार, १७ फागुन २०७७, १६ : ४८ मा प्रकाशित

पीसीपीएस कलेजद्वारा तेश्रो दिक्षान्त समारोह आयोजना

पाटन कलेज फर प्रोफेसनल स्टडिज ( पीसीपीएस कलेज) ले आफ्नो तेश्रो दिक्षान्त समारोह यहि फाल्गुन १७ गते राजधानीस्थित होटेल काठमाडौँ म्यरिओटमा आयोजना गरेको छ । यो कलेज बेलायत स्थित प्रशिद्ध बेडफर्डशाईर विश्व विद्यालयसँग आवद्ध छ । 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनेरिंग र बिबिए बिषय संग सम्बन्धित कूल ६४ जना विद्यार्थीहरुले स्नातक तह उत्तीर्ण गरेको  प्रमाण पत्र प्राप्त गरेका थिए । 

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रमाण पत्र प्राप्त गर्ने विद्यार्थीहरुलाइ बधाई ज्ञापन गर्दै राष्ट्रको समग्र बिकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्नु पर्ने बताए । साथै शिक्षा ऐनको संसोधन गरि आधुनिक शिक्षा प्रणालिको बिकाश गर्नका लागि एउटा छुट्टै बिशेष कार्यदल बनाएर काम थालिने पनि जानकारी गराए ।    

यसैगरी,  समारोहमा एलबिइएफ ग्रुपका अफ इन्स्टिट्युसनका  अध्यक्ष पंकज जालानले २०१७ ईस्वी सनमा स्थापित पीसीपीसीले आफुलाई आज  मुलुककै अग्रपंक्तिको शैक्षिक संस्थाको रुपमा उभ्याउन सफल भएको बताए ।  “नेपाली विद्यार्थीहरु नेपालमै  अन्तराष्ट्रियस्तरको  शिक्षा प्रभावकारी रुपमा प्रदान गर्ने हाम्रो सपनालाई साकार पार्न यस कलेजले ठुलो भूमिका खेलिरहेको छ,“ उनले थपे ।

समारोहमा अर्का वक्ता काठमान्डू विश्व विद्यालयका उपकुलपति  प्रा. डा. भोला थापाले  स्नातक तह उत्तीर्ण  गर्ने विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरुको शैक्षिक उपलब्धिप्रति आफु गौरवान्वित भएको  बताए ।    
समारोहका बिशेष अतिथि  एवं एनबिसीसीआइ का  अध्यक्ष राजेन्द्र खेतानले यी  विद्यार्थीहरुले भोलि कार्पोरेट क्षेत्रको चुनौतीहरुलाई उच्च व्यावसायिक क्षमताका साथ सामना गर्न सक्ने विश्वास व्यक्त गरे । यससंगै दिक्षित बिध्यार्थी हरुलाई नेपाली श्रम बजारमा स्वागत पनि गरे ।   

कार्यक्रममा एलबिइएफ ग्रुपका अफ इन्स्टिट्युसनका कार्यकारी निर्देशक ई प्रकाश कुमार केजरिवालले  स्वागत मन्तव्य व्यक्त गर्दै स्नातक तह उन्निर्ण  विद्यार्थीहरु प्रति खुसी व्यक्त गर्दै  आफुलाई  गौरव लागेको बताए ।  
पीसीपीएस अहिले कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनेरिंग  र बिजनेस एड मिनिस्ट्रेसन् बिषयहरुला स्नातक तहको शिक्षा प्रदान गरिरहेको छ ।  यसैगरी यस  कलेजले फुसेमसिंस नामक कम्पनि संग साझेदारी गरि  आर्टिपिसिएल इन्टेलिजेन्स बिषयमा माइक्रो डिग्री कार्यक्रम पनि संचालन गरिरहेको छ ।   

      

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको