Like us!
Follow us!
Connect us!
Watch us!

घरमा रङ लगाउँदा ध्यान दिनुपर्ने कुराहरू

अर्थ संसार

शनिबार, ०२ मंसिर २०८०, ०९ : २९ मा प्रकाशित

घरमा रङ लगाउँदा ध्यान दिनुपर्ने कुराहरू

घर कसरी चिटिक्क बनाउने ? राम्राे घर बनाउँछु भन्ने व्यक्तिले पहिलोपटक सोच्ने प्रश्न हो यो । 

प्राय हामी सबैजनालाई आफू बस्ने घर चिटिक्क भएकाे मनपर्छ । घर चिटिक्क देखाउन घरमा लगाइने रङले पनि ठूलाे भूमीका निर्वाह गर्दछ । त्यसैले आज हामी यहाँ घरमा रङ लगाउँदा ध्यान दिनुपर्ने कुराहरूकाे बारेमा जानकारी दिनेछाैँ ।

रङले घरलाई आकर्षक बनाउने गर्दछ ।  पछिल्लाे समय घरमा रङ लगाउँदा मानिसहरू सजग हुन थालेका छन् । कीनकी रङले मनोविज्ञानलाई प्रत्यक्ष प्रभाव पार्दछ ।

घरमा रङ लगाउँदा ध्यान दिनुपर्ने कुराहरू यस प्रकारका छन् :

१. बाहिरी रङ

कुनैपनी घरको बाहिरी रङले उक्त घरको सुन्दरताको व्याख्या गर्छ । त्यसैले, घरको रङ अरुको भन्दा फरक सबैलाई आकर्षित गर्ने खालको हुनपर्दछ । साधारणतया घरको बाहिरी रङ मन्द खालको हुनुपर्छ । धेरै चम्किलो रङ खासै आकर्षित मानिँदैन ।

२. ध्यान दिनुपर्ने

विज्ञहरूकाे सुझाव अनुसार रङ लगाउँदा अपनाउनुपर्ने सावधानी यस प्रकारका छन् :

- सिल्कलगायतका उच्च गुणस्तरीय रङ छनोट गर्ने ।

- निर्माणाधीन अवस्थामै रहँदा रङ नलगाउने ।

- रङ लगाउनु भन्दा अगाडी आफ्नो क्षेत्र तयार छ कि छैन हेर्ने । 

- रङ लगाइसकेपछि पर्याप्त मात्रामा सुक्न समय दिने । 

- बजारमा उपलब्ध रङ स्वास्थ्यका लागि हानिकारक छ कि छैन ध्यान पुर्याउने ।

- बिग्रिएका, मक्किएका भित्ता मर्मत गरेर मात्र रङ लगाउने ।

- घरमा चाँडै नखुइलिने, पानी र घामले नबिग्रिने रङ लगाउने ।

-  रङको प्राविधिक पक्ष बुझेर मात्र छनोट गर्ने ।

- रङ लगाउँदा उज्यालो र अँध्यारो रङको मिश्रण गर्ने ।

- घरको सुन्दरता कायम राख्न तीन वर्षको फरकमै रङरोगन गर्ने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको