Like us!
Follow us!
Connect us!
Watch us!

बैंकमा जागिर खाने हो ? नेपाल बैंकले माग्यो दुई सय जना कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार

शुक्रबार, २१ फागुन २०७७, ०९ : ०३ मा प्रकाशित

बैंकमा जागिर खाने हो ? नेपाल बैंकले माग्यो  दुई सय जना कर्मचारी (विज्ञापनसहित)

नेपाल बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी मागरेको छ । बैंकले  बैंकले सहायक केन्द्र तथा प्रदेशगतरुपमा सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्मका पदका लागि दरखास्त आव्हान गरेको छ । 

बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी एक सय ९२ पदमा आवेदन माग गरेको छ।

 दरखास्त दिने अन्तिम मिति चैत १२ गतेसम्म तह ६ सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्छ। तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। 

आजदेखि अनलाइन दरखास्त भर्न बैंकले आह्वान गरेको छ। चैत १२ गतेसम्म अनलाइन दरखास्त पेश गर्ने समय छ। फारम भर्नका लागि नेपाल बैंक लिमिटेडको वेवसाइट www.nepalbank.com.np  बाट भर्न सकिन्छ।

यस्तो छ बैंकले निकालेको सूचना 

 

6041a465d885e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको