Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस (वीपी) का सभापतिलाई हृदयघात

अर्थ संसार

शुक्रबार, २१ फागुन २०७७, १७ : ०२ मा प्रकाशित

कांग्रेस (वीपी) का सभापतिलाई हृदयघात

नेपाली कांग्रेस(वीपी)का सभापति तथा कांग्रेसका प्रखर वक्ता नेता हरिवोल भट्टराईलाई हृदयघात भएको छ । 

मंगलबार साँझ ६ बजे हृदयघात भएका नेता भट्टराईको अवस्था शुक्रबार(आज) दिउँसोसम्ममा निकै सुधार भइसकेको छ । घरमै रहेका नेता भट्टराईलाई मंगलबार साँझ एक्कासी श्वासप्रश्वासमा समस्या आएको थियो । परिवारजनले उनलाई तत्काल स्टार हस्पिटलमा भर्ना गरेका थिए । त्यहाँ राखेर प्राथमिक उपचार गरिए पनि थप उपचार संभव नभएपछि चिकित्सकहरुको रिफर अनुसार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल भर्ना गरिएको थियो । 

नर्भिकमा नेता भट्टराईको डा. जेपी जैसवाल नेतृत्वको मेडिकल टिमले राति ८ः३० बजे सर्जरी गरेको थियो । सर्जरी गरी ब्लक भएको तीनवटै आर्टरीमा स्टेन्ट राखिएको थियो । सर्जरीअघिदेखि नै नेता भट्टराईलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखी उपचार थालिएको थियो । हर्ट सर्जरी गरी स्टेन्ट राखेपछि बिस्तारै भेन्टिलेटरको सपोर्ट हटाइएको थियो । नेता भट्टराईले आज(शुक्रबार)देखि पूर्ण रुपमा होसमा आई अरुसँग कुराकानी पनि गर्न थालेका डा. जैसवालले बताए । ‘उनलाई समयमै नर्भिक ल्याइएका कारण सबै कुरामा धेरै चाँडो ठीक गर्न हामी सफल भयौं ।’ डा. जैसवालले भने–‘उनको अवस्था लगभग खतरामुक्त रहेको छ ।’ 

७४ वर्षीय भट्टराईको अवस्थामा तीव्र सुधार भएका कारण ढिलोमा आइतबारसम्म वार्डमा सार्ने तयारी भइरहेको डा. जैसवालले जानकारी दिए । नेता भट्टराईका सुपुत्र अभिनव भट्टराईले नर्भिक इन्टरनेशनल हस्पिटलमा समयमै ल्याइपुर्याएका कारण आफ्नो पिताको ज्यान जोगिएको बताए । ‘स्टार हस्पिटलबाट सोझै नर्भिक नल्याएको भए मेरो बुबाको ज्यानै जोखिममा पर्ने रहेछ ।’ उनले भने–‘नर्भिकको टिमले समयमै संभव सबै उपचार गरिदिएका कारण मेरो बुबाको ज्यान जोगियो, डा. जैसवालसहित सम्पूर्ण नर्भिकलाई मेरो आभार छ ।’ 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको