Like us!
Follow us!
Connect us!
Watch us!

अबको साता कुन कम्पनीको सेयर किन्दा फाइदा?

अर्थ संसार

शनिबार, २२ फागुन २०७७, ११ : ३३ मा प्रकाशित

गत साताको सेरोफेरो 

गएको साता  सेयर बजारमा ठूलो उतार चढाव आएको छ ।  बजारमा लगानीकर्ताहरू ‘प्यानिक सेल’ को अवस्थामा देखिएका थिए ।

यस साता नेप्से परिसूचक ४७ दशमलव ४६ अंकले घटेर २५ सय ६ दशमलव ६८ अंकमा रोकिएको छ । गत साता नेप्से परिसूचक ८२ दशमलव ५४ अंकले घटेर २५५४ दशमलव १४ काे विन्दुमा राेकिएकाे थियाे । यस साताकाे पाँच काराेबार दिनमा नेप्से २ दिन अर्थात् साेमबार र बिहीबार बढ्याे बाँकी ३ दिन भने नेप्सेले ओरालो यात्रा तय गरेकाे थियाे ।

नेप्से परिसूचक सँगसँगै यस साता काराेबार रकममा पनि ६ अर्बकाे गिरावट आएको छ । याे साता बजार पुँजीकरण पनि ६५ अर्ब ७४ करोड ४४ लाख भन्दा बढीले घटेको छ ।

याे साताबाट नेप्सेले लगानी समूह थप गरेको छ भने होटल समूहलाई परिवर्तन गरी होटल तथा पर्यटन समूह बनाएको छ । यस साता काराेबार भएका १३ उपसमूहमध्ये, होटल तथा पर्यटन समूह र व्यापार बाहेक बाँकी ११ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

यस साता सबैभन्दा धेरै कमाउने कम्पनीहरूकाे सूचीमा चन्द्रागिरी हिल्स लिमिटेड सबैभन्दा अग्र स्थानमा छ । त्यसपश्चात सबैभन्दा धेरै कमाउने दाेश्राे र तेश्राेमा क्रमश: साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र हिमालयन पावर पार्टनर कम्पनी लिमिटेड रहेका छन् ।

यस साता नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । 

यस साता पनि अघिल्लाे साता झैँ सबैभन्दा बढी रकमको कारोबार गर्ने र सबैभन्दा बढी कित्ता सेयर कारोबार हुने दुवैमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले अग्र स्थान कायम गरेकाे छ । 

याे साताकाे नेप्से परिसूचकलाई समग्रमा नियाल्दा आइतबार नेप्से परिसूचक ७९.७४ अंकले घटेर २४७४.३९ मा पुगेकाे थियाे । साेमबार भने नेप्से परिसूचक ४०.६४ अंकले बढेर २५१५.०३ विन्दुमा पुगेको थियाे । मंगलबार फेरि ५९.७० अंकले घटेर २४५५.३३ मा पुगेकाे थियाे । बुधबार पनि सेयर बजारले अाेरालाे यात्रालाई निरन्तरता दिँदै नेप्से परिसूचक ३९.२३ अंकले घटेर २४१६ मा पुगेकाे थियाे । त्यसैगरी, साताकाे अन्तिम दिन बिहीबार भने सेयर बजारमा सकारात्मक उछाल आएकाे थियाे । बिहीबार नेप्से परिसूचक ९०.६७ अंकले बढेर २५०६.६८ विन्दुमा पुगेकाे थियाे ।

तनाबपूर्ण हप्तापछि अबको साताको सेयरबजार पूर्वानुमान

पछिल्लो समय सेयर बजारमा नयाँ लगानीकर्ताहरु थपिएका छन् । उनीहरुलाई बजारमा कुन सेयरमा लगानी गर्ने, आफूसँग भएका कुनकुन सेयर विक्री गरेर निस्कने भन्ने कुराको निर्णय लिन निकै गाह्रो पर्छ । यही समस्या समाधान गर्न हामीले हरेक साताको अन्तमा आगामी साता बजार कता जाला, कस्ता सेयरहरु किन्ने, कस्ता सेयरहरु बेच्ने भनेर जानकारी दिन नयाँ शो सेयर टेक फण्डा सुरु गरेका छौं ।

लामो समयदेखि सेयर बजारको प्राविधिक विश्लेषण गर्दै आएका बिमल तिवारीले सेयर बजारको साप्ताहिक समीक्षा गर्नेछन् । उनी लगानीकर्ताहरुको लगानी ब्यवस्थापन गर्दै आएको प्रोभिडेन्ट मर्चेन्ट बैंकिंग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।

यो साता बजार कस्तो भयो भन्ने कुराको विष्लेषण गर्दै उनले अर्को साता बजारले कस्तो स्वरुप लिने छ भनेर प्राविधिक बिश्लेषण गर्दै पूर्वानुमान गर्ने छन् । हामीले पहिलो एपिसोड प्रस्तुत गरेका छौं । उनले यो साताको सेयर समीक्षा गर्दै आगामी साता (फागुन २३ देखि २६ गतेसम्म) बजार कता जाला भनेर पूर्वानुमान गरेका छन् ।

 

(नोट : प्राविधिक सेयर /बजारको विश्लेषण एउटा आधार र औजारमात्र भएकोले लगानीकर्ताहरुले आफूले लगानी गर्दा आफ्नो गहिरो विश्लेषण र अध्ययनले गर्नु पर्छ )

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको