Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको १०% बोनस तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार

आइतबार, २३ फागुन २०७७, १० : ११ मा प्रकाशित

प्रभु बैंकको १०% बोनस तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

प्रभु बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरेकाे छ ।

बैंककाे पाैष २६ गते, सम्पन्न भएकाे १९औँ वार्षिक साधारण सभाले पारित गरेकाे १० प्रतिशत बोनस शेयर बुक क्लाेज हुनुभन्दा अघिल्लाे दिन अर्थात् पाैष १० गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे बैंकले जनाएकाे छ । बैंककाे बाेनस नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भइसकेकाे छ ।

त्यसैगरी, बैंकले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे बाेनस प्राप्त गर्नका लागि आग्रह गरेकाे छ । यसका साथै, आफ्नो शेयर धिताे राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाकाे स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

बैंककाे शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

604459181fcce.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको