Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तले डाक्यो वार्षिक सभा, के-के छन् पारित हुने एजेण्डा ?

अर्थ संसार

आइतबार, २३ फागुन २०७७, ११ : ४१ मा प्रकाशित

डिप्रोक्स लघुवित्तले डाक्यो वार्षिक सभा, के-के छन् पारित हुने एजेण्डा ?

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। 

संस्थाको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा चैत २० गते चितवनको सौराहास्थित होटेल मोनालिसामा हुँदैछ। 

सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांश पारित गर्नेछ। जसमध्ये १५ प्रतिशतले हुन आउने बोनस सेयर र ५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) रहेको छ। 

संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १० गतेदेखि २० गतेसम्म बुकक्लोज गर्दैछ ।  त्यसैले चैत ९ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 
 

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

60446ba8ae715.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको