Like us!
Follow us!
Connect us!
Watch us!

मुलुकमा लगानीको उपयुक्त वातावरण बनेको छ : वरिष्ठ उपाध्यक्ष ढकाल

अर्थ संसार

आइतबार, २३ फागुन २०७७, १२ : ४८ मा प्रकाशित

मुलुकमा लगानीको उपयुक्त वातावरण बनेको छ : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा व्यावसायिक गतिविधि गर्न का लागि उपयुक्त वातावरण बनेको बताएका छन् । 

शनिबार काभ्रे उद्योग वाणिज्य संघको ४१ औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंकको व्याजदर एकलअङ्कमा आएको र कोभिड–१९ को प्रकोप पनि विस्तारै कमहुदै गएकोले मुलुकमा लगानीकोलागि उपयुक्तवातारण तयार भएको बताएका छन् । 

बैंक तथा व्यवसायी हरुबीचको सम्बन्ध सुमधुर रहनुपर्ने बताउँदै ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले अब बैंकलाई गालिगरेर बस्ने अवस्था नरहेको बताए । 

“अहिले बैंकको व्याजदर र आधारदर सिङ्गल डिजिटमा झरेको छ । स्प्रेडदर पनि केन्द्रीय बैंकले तोकेको दर भन्दा पनि तलझरिसकेको छ । अब तपाई हामीले बैंकलाई गालीगरेर बस्ने होइन व्यावसायिक गतिविधिहरुलाई बढाउनु पर्ने बेला आएको छ,” उनले भने । 

मुलुक भित्र लगानीमैत्री वातावरण थप सुधार गर्दै जानको लागि अहिलेको कर तथा भ्याटको दरमा पनि विस्तारै परिमार्जन गर्दै जानु पर्ने बताउँदै उनले यसका लागि महासंघले निजी क्षेत्रको तर्फबाट सरकार तथा सम्बन्धित निकाय समक्ष आवाज उठाउने कुरा बताए । उनले निर्वाचन पछि सबै समूह एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताए । 

“निर्वाचनको समयमा पक्ष तथा विपक्ष भएर निर्वाचनको मैदानमा उत्रिए पनि निर्वाचन सकिएकै दिन देखि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने हुन्छ,” उनले भने । 

उनले अहिलेको महासंघको नेतृत्वले मुलुकमा व्यावसायिक वातावरण बनाउन सरकार तथा अन्य सरोकारवाला निकायसँग निरन्तर वार्ता, संवाद तथा सहकार्य जारी राख्ने बताए । 

वरिष्ठ उपाध्य क्षढकालले काभ्रेमा सुरुभएको  काभ्रे उद्योग वाणिज्य संघको ४१ औँ वार्षिक साधारण सभाले एउटा जुझारु र सक्षम नेतृत्व चयन गर्ने बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको