Like us!
Follow us!
Connect us!
Watch us!

उद्यमी चन्द्र ढकाल कीर्तिमय राष्ट्रदीप विभूषणबाट सम्मानित

अर्थ संसार

शुक्रबार, २७ चैत्र २०७७, १५ : १४ मा प्रकाशित

उद्यमी चन्द्र ढकाल कीर्तिमय राष्ट्रदीप विभूषणबाट सम्मानित

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित भएका छन् । 

शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवास, महाराजगञ्जमा आयोजित विभूषण सुशोभन विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढकाललाई उक्त विभूषणबाट सम्मानित गरेकी हुन् । 

नेपाल सरकार, गृह मन्त्रालयले गत वर्षको असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा ढकाललाई उक्त विभूषणबाट सम्मानित गर्ने घोषणा गरेको थियो । 

नेपालका लागि इन्डोनेशियाका अवैतनिक दूतसमेत रहेका प्रतिष्ठित उद्यमी ढकालको विप्रेषण, बैंक तथा वित्त, पर्यटन, ऊर्जा, सूचना प्रविधि, हस्पिटालिटी उद्योग तथा विमालगायत दर्जनौ क्षेत्रमा लगानी रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको