सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले छैटौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको संचालक समितिको फागुन २१ गते, शुक्रबार बसेको संचालक समितिले गरेको निर्णयानुसार उक्त सभा चैत २० गते शुक्रबार, होटल इस्टर्न प्यालेस प्रालि इटहरी-४ सुनसरीमा बिहान ९ बजे सुरु हुनेछ ।
सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण सहित वासलात, नाफा-नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण, इक्वीटी भएको परिवर्तन सम्बन्धि विवरण र सम्बन्धित अनुसुचिहरुमाथि छलफल गरी पारित गरिनेछ ।
त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षण गर्न लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।
संस्थाले यो वर्ष कुनै पनि लाभांश घोषणा गरेको छैन ।
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस