Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट लघुवित्तको खुद नाफा ७५.०२ प्रतिशतले बढ्यो,प्रतिसेयर आम्दानी कति?

अर्थ संसार

विहीबार, १० साउन २०८१, ०७ : ५७ मा प्रकाशित

सपोर्ट लघुवित्तको खुद नाफा ७५.०२ प्रतिशतले बढ्यो,प्रतिसेयर आम्दानी कति?

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

खुद नाफा 

सपोर्ट लघुवित्तको खुद नाफा बढेको छ। लघुवित्तले गत चौथो त्रैमाससम्ममा २ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा  ७५.०२ प्रतिशतले बढेको हो। गत वर्षको सोहि अवधि सम्म संस्थाले संस्थाले १ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी बढ्यो 
संस्थाको खुद ब्याज आम्दानी १८.१९ प्रतिशतले बढेको छ।  गत वर्ष ७ करोड २ लाख आम्दानी गरकोमा यो वर्ष ८ करोड २९ लाख रुपैयाँ पुगेको छ । 

तेस्तै लघुवित्त संस्थाको कुल सञ्चालन आम्दानी २८.६६ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफामा पनिको १९४.३८ प्रतिशत बढेको छ। 

खराब कर्जा अनुपात
 खराब कर्जा अनुपात १.८३ प्रतिशतबाट घटेर १.६३ प्रतिशतमा पुगेको छ। 

निक्षेप संकलन र कर्जा प्रवाह 
संस्थाले ३४ करोड ९१ लाख निक्षेप संकलन गरेर १ अर्ब ६६ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

अरु सूचकहरु 

प्रति सेयर आम्दानी

७ रुपैयाँ ८५ पैसाबाट बढेर २२ रुपैयाँ १६ पैसा

मूल्य आम्दानी अनुपात

८३.९५ गुणा

प्रति सेयर नेटवर्थ

१४९ रुपैयाँ ५५ पैसा

चुक्ता पूँजी

१० करोड ७६ लाख रुपैयाँ

जगेडा कोष

५ करोड ३३ लाख रुपैयाँ सञ्चित

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको