Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट लघुवित्तको वित्तीय चिरफार : नाफा १३२.२३ प्रतिशतले बढ्दा ईपीएस भने घट्यो

अर्थ संसार

शुक्रबार, १९ साउन २०८०, ११ : ४३ मा प्रकाशित

सपोर्ट लघुवित्तको वित्तीय चिरफार : नाफा १३२.२३ प्रतिशतले बढ्दा ईपीएस भने घट्यो

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

नाफा

उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म संस्थाकाे खुद नाफा २ करोड २७ लाख २६ हजार रुपैयाँ पुगेको छ । यो नाफा रकम अघिल्लाे वर्षको सोही अवधिको तुलनामा १३२.२३ प्रतिशतले धेरै हाे । अघिल्लाे वर्षको यसै अवधिमा संस्थाले ९७ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

व्याज आम्दानी

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी भने ११.२४ प्रतिशतले घटेर ७ करोड २ लाख २३ हजार रूपैयाँमा सिमित भएकाे छ । अघिल्लाे वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी ७ करोड ९१ लाख २० हजार रूपैयाँ रहेकाे थियाे ।

सञ्चालन मुनाफा

चाैथाे त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा ४२.०१ प्रतिशतले बढेर १ करोड ९१ लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लाे वर्ष संस्थाले १ कराेड ३४ लाख ८३ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

चुक्ता पुँजी

संस्थाको चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ रहेकाे छ ।

जगेडा कोष

जगेडा कोषमा ५ करोड २० लाख ८७ हजार रुपैयाँ सञ्चित रहेको छ ।

प्रतिसेयर आम्दानी

संस्थाकाे वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) एक रुपैयाँ ६३ पैसाले घटेर २३ रुपैयाँ ८६ पैसामा सिमित भएकाे छ ।

प्रतिसेयर नेटवर्थ

संस्थाकाे प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ६९ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको