Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट लघुवित्तको संस्थापक सेयर भर्ने आज अन्तिम माैका

अर्थ संसार

आइतबार, २५ मंसिर २०७९, १२ : २४ मा प्रकाशित

सपोर्ट लघुवित्तको संस्थापक सेयर भर्ने आज अन्तिम माैका

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे संस्थापक सेयरमा आवेदन दिने आज (मंसिर २५ गते, आइतबार) अन्तिम दिन हाे । संस्थाले मंसिर ८ गते, बिहीबारदेखि  ७ हजार १ सय ५० कित्ता संस्थापक समूहकाे सेयर बिक्री गरिरहेकाे छ । आइतबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

उक्त सेयरको भाउ प्रतिकित्ता न्यूनतम ५ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले साेही मूल्यलाई न्यूनतम आधार मानेर दर रेट तोक्नुपर्नेछ ।

त्यसैगरी, उक्त सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघ संस्थाहरुले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड टेकु, काठमाडौंमा आइपुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको