Like us!
Follow us!
Connect us!
Watch us!

नेता जोशीको स्वास्थ्य अवस्था बिग्रिएपछि पुनः भेन्टिलेटरमा

अर्थ संसार

मंगलबार, २५ फागुन २०७७, १६ : ५७ मा प्रकाशित

नेता जोशीको स्वास्थ्य अवस्था बिग्रिएपछि पुनः भेन्टिलेटरमा

मष्तिष्कघात भई गएको फागुन १४ गते थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा अचानक समस्या आएपछि पुनः भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । 

नर्भिक अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्थामा सुरुवातका केही दिनमा राम्रो सुधार भए पनि शनिवार बिहानदेखि एक्कासी समस्या आएको हो । शनिवार बिहानदेखि उनको श्वासप्रश्वास र मुटुको चालमा एक्कासी गडबडी भएपछि अस्पतालले पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखेको छ । भेन्टिलेटरको सपोर्टमा भए पनि अहिले उनको रक्तचाप सामान्य छ भने प्रति मिनेट उनी आफैंले ८–१० पटक सास फेरिरहेका छन् । 

‘आँखाका नानीहरुको प्रतिक्रिया पनि सामान्य नै छ, तर उहाँ अझै कोमामै हुनुहुन्छ ।’ उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले भने । मष्तिष्कघात हुँदा रक्तश्राव भई उनको टाउकोमा रगत जमेको थियो । यस्ता बिरामीहरुमा उपचारको क्रममा पुनः समस्या आउनु स्वभाविक परिणाम रहेको उनको भनाई छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको