Like us!
Follow us!
Connect us!
Watch us!

जागिर क्यासिनोको, नशा सेयर बजारकोः युवा लगानीकर्ता सुमित खड्का

लगानीकर्ताको आवाज

शुक्रबार, २८ फागुन २०७७, १० : २८ मा प्रकाशित

करिब ८ बर्षअघि आईपिओ मार्फत सेयर बजारमा प्रबेश गरेका सुमित खड्का केहि समय अघिमात्र दोस्रो बजारमा प्रबेश गरेका हुन् । 

अहिले नेपालको सेयर बजारमा धेरै संख्यामा युवा लगानीकर्ताहरुको प्रबेश भएको छ । लगानीकर्ताको आवाजको यो अंकमा हामिले तिनै लाखौ नयाँ युवा लगानीकर्ताहरुको प्रतिनिधीका रुपमा खड्का संग कुरानी गरेका छौ । 

लगानीको प्रारम्भमा केहि नबुझि हल्लाको पछि लागेर लगानी गर्दा लगानी रकम घटेर आधासम्म पुगेको बताउछन् उनि । त्यसरी आफ्नो लगानी डुबेपछि मात्र सेयर बजारका बारेमा अध्ययन अनुसन्धान सुरु गरेका उनले अहिले पहिलाको नोक्सानी समेत असुल गरी राम्रो मुनाफा समेत हासिँल गरिसकेको बताउछन् । 

पेशागत रुपमा क्यासिनोमा आवद्ध खड्का सेयर बजारलाई जुवाघरका रुपमा गरिने ब्याख्यामा सहमत छैनन् । जुवाघरमा मानिसले एक पटक गुमाएपछी फेरी कमाउन थप लगानी गरेर जोखिम लिनु पर्ने हुन्छ तर सेयर बजारमा भएको नोक्सानीलाई केहिहद सम्म नआत्तिएर होल्ड गर्न सकेमा त्यसले दिर्घकालिन रुपमा नाफा नै हुने उनको अनुभव छ ।  

सेयर बजारको समग्र अवस्था र बजारको ब्यक्तिगत अनुभवबारे युवा लगानीकर्ता सुमित खड्कासँग लगानीकर्ताको आवाजका लागि अर्थसंसारकर्मी कृष्ण भट्टराईले गरेको भिडियो कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको