Like us!
Follow us!
Connect us!
Watch us!

खल्ती भाइबर कम्युनिटीमा जोडिई सबैको मनपर्ने आइफोन १२

अर्थ संसार

सोमबार, ०२ चैत्र २०७७, १७ : १२ मा प्रकाशित

खल्ती भाइबर कम्युनिटीमा जोडिई सबैको मनपर्ने आइफोन १२

‘खल्ती’ डिजिटल वालेट, नेपालको एक लाेकप्रिय डिजिटल वालेटले आफ्नो भाइबर कम्युनिटीमा “खल्तीमा आइफोन १२” नामक अभियान संचालन गरिरहेको छ जस अन्तर्गत १ भाग्यशाली विजेताले आइफोन १२ जित्न सक्नेछन्। 

अहिलेको समयमा क्याम्पेन प्रयोगकर्तालाई प्रविधिसँग अझै नजिक्याउने ठुलो माध्यम बनेको छ। यसै अन्तर्गत खल्तीले ल्याएको हो "खल्तीमा आइफोन १२" अभियान। यस अभियानमा एक भाग्यशाली बिजेता लक्की ड्र मार्फत छानिनेछन् र iPhone १२ जित्नेछन् । सहभागीहरूले 

१. खल्ती भाइबर कम्युनिटीमा जोइन गरी खल्ती स्टिकर डाउनलोड गर्न पर्नेछ। 

२. खल्ती एप भित्र गइ “खल्तीमा आइफोन १२” सेक्सनबाट रु. २० को रिचार्ज गर्न पर्नेछ। 

यति मात्र हैन, खल्तीले आफ्नो भाइबर कम्युनिटीमा अझै थुप्रै रमाइलो हुने खेल जस्तै क्विज र गिबअवेहरु पनि गरिरहेको हुन्छ जस अन्तर्गत जो कोहिले थुप्रै कुपन तथा उपहारहरु पनि जित्न सक्छन्। यो अफर २८ मार्च / चैत्र १५ सम्म लागु हुनेछ। 

खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । 'खल्ती' वालेटको प्रयोग गरी ६०+ बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। 'खल्ती'का प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढि छन् ।

कसरी डाउनलोड गर्ने 'खल्ती' एप ?

'खल्ती' एप यो Khalti.com/app बाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ । माेबाइलमा डाउनलाेड गर्न गुगल प्ले स्टाेर वा एप्पल स्टाेरमा याे एप उपलब्ध छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको