प्राइम कमर्शियल बैंकले जारी गरेको ऋणपत्र नबिकेपछी आवेदन दिने समय थप गरिएको छ । 
बैंकको उत्त ऋणपत्रमा छिटोमा चैत्र ३ गतेसम्म आवेदन दिन सकिने जनाईएकोमा माग बमोजिम आवेदन नपरेपछी अब म्याद थप भई चैत्र १३ गतेसम्म आवेदन दिन सकिने भएको छ । चैत्र १३ सम्ममा आवेदन दिन सकिने भएतापनी यदि मिति अगावै पर्याप्त आवेदन परेमा त्यस अघि नै सार्वजनिक सूचना जारी गरेर बिक्रि बन्द हुने बैंकले जनाएको छ। 
बैंकले  १ हजार अंकित दरका ३५ लाख  कित्ता बराबरको ३ अर्ब ५० करोड रकम बराबरको ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये १ अर्ब ४० करोड बराबरको ऋणपत्र सर्बसाधारणका छुट्ट्याइएको छ भने २ अर्ब १० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने छ । 
सर्बसाधारणको लागि छुट्याईएको ऋणपत्र मध्यबाट ५० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको छ । ८ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ८.७५ प्रतिशत ब्याज दिने जनाएको छ ।
ऋणपत्रमा आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम ५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ  ।ऋणपत्र निष्काशनको लागि बैंकले आरबिबि मर्चेन्ट बैंकिंङलाई बिक्रि प्रबन्धक नियुत्त गरेका छ । 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस