Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डौको विशेष साधारण सभा सम्पन्न,को को चुनिए सञ्चालक ?

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०७७, १२ : ०० मा प्रकाशित

बैंक अफ काठमाण्डौको विशेष साधारण सभा सम्पन्न,को को चुनिए सञ्चालक ?

बैंक अफ काठमाण्डौको विशेष साधारण सभा आज मंगलबार आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ ।   

बैंकको विशेष साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न गोबिन्द प्रसाद शर्मा, मदन लाल जोशी र अमृता उप्रेती गरी ३ जनालाई सञ्चालक पदमा निर्बिरोध निर्वाचित गरेको छ। 

बैंकले सर्बसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना संचालक चयन गर्न तथा विशेष प्रस्तावहरुको संशोधनमा नियामक निकायबाट केहि निर्देशन प्राप्त भएमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारितका लागि बिषेश साधारण सभा आह्वान गरेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको