Like us!
Follow us!
Connect us!
Watch us!

आइक्याशले राष्ट्र बैंकबाट डिजिटल भुक्तानी प्रदायकको अनुमति पायो

अर्थसंसार

मंगलबार, ०३ चैत्र २०७७, १७ : ०४ मा प्रकाशित

आइक्याशले राष्ट्र बैंकबाट डिजिटल भुक्तानी प्रदायकको अनुमति पायो

 नेपाल राष्ट्र बैंकले आइक्याश प्रालिलाई नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२’ बमोजिम ‘आइक्याशप्रालि’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो । 

२०७७ साल साउन ६ गते दर्ता भएको यो कम्पनीले नियामक नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त गरेसँगै अवको केहि दिनमैआफ्नो सेवा सेवाग्राहीहरु माँझ ल्याउने भएको छ । २५ बर्षीय युवा चार्टर्ड एकाउन्टेन्ट पदम भट्टराईको नेतृत्वमा स्थापना भएको यो कम्पनीले नेपालमा नगदरहित कारोबारमा जोड दिने गरी डिजिटल भुक्तानी सेवालाई थप परिस्कृत बनाउने र नेपालमा वित्तीय साक्षरतालाई अभिवृद्धि गर्ने लक्ष्य समेत लिएको छ । 

डिजिटल भुक्तानीका अलावा कम्पनीले आइक्यासलाई डिजिटल बैंकिङकै परिस्कृत रुपका रुपमा अगाडी बढाउने लक्ष्य लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पदम भट्टराईको भनाइ छ । राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको आधिकारिक लाईसेन्स प्राप्त गरेपछि डिजिटल भुक्तानी प्रणालीलाई थप उचाईंमा पुर्याउने गरी काम भइरहेको भट्टराईको दाबी छ ।

कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र बिष्टका अनुसार आइक्याश प्रा.लि.ले सञ्चालन गर्ने आइक्याश मोबाइल एप र आइक्याशको वेव प्लेटफर्ममार्फत मोबाईल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदिगर्ने, इ-कमर्स मार्फत किनिएको सामानको भुक्तानी, लगायतका अन्य थुप्रै सेवाहरु लिन सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको