Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकिकृत कारोबार चैत्र ८ गतेदेखि हुने

अर्थ संसार

शुक्रबार, ०६ चैत्र २०७७, १० : २२ मा प्रकाशित

एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकिकृत कारोबार चैत्र ८ गतेदेखि हुने

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र ८ गते, आइतबारबाट एकीकृत कारोबार थाल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई स्वीकृती प्रदान गरिसकेकाे छ । दुवै कम्पनीको माघ ४ गते सम्पन्न भएकाे विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि फागुन २३ गते नै स्वीकृती प्रदान गरिसकेकाे छ ।

त्यसैगरी, मर्जर पश्चात अब "एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड​" को नामबाट एकीकृत कारोबार  हुनेछ ।  कम्पनीको केन्द्रिय कार्यालय इटहरी उप–नगरपालिका वडा नं. ९, सुनसरीमा रहनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

60542bfe066db.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको