Like us!
Follow us!
Connect us!
Watch us!

सुरू भयो एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकिकृत कारोबार

अर्थ संसार

आइतबार, ०८ चैत्र २०७७, १४ : ५२ मा प्रकाशित

सुरू भयो एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकिकृत कारोबार

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे एकीकृत कारोबार आज (चैत्र ८ गते, आइतबार) बाट सुरू भएकाे छ ।

दुवै कम्पनीको माघ ४ गते सम्पन्न भएकाे विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । मर्जर पश्चात अब "एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड​" को नामबाट एकीकृत कारोबार  भएकाे छ ।  कम्पनीको केन्द्रिय कार्यालय इटहरी उप–नगरपालिका वडा नं. ९, सुनसरीमा रहनेछ ।

एकीकृत कारोबारको शुभारम्भ एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष लालमणी जोशीले एक कार्यक्रमका बिच संयुक्त रुपमा गरेका हुन् ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १५० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या २२३ शाखा कार्यालयबाट १३५,००० भन्दा बढी सदस्यहरुलाई संस्थाले उत्कृष्ट लघुवित्तीय सेवा प्रदान गर्नेछ । मर्जर पश्चात संस्थाको पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० लाख पुग्ने छ भने संस्थाको कर्जा लगानी रु १५ अर्ब भन्दा माथि पुग्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको