Like us!
Follow us!
Connect us!
Watch us!

एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा युवक पक्राउ

अर्थ संसार

शुक्रबार, ०६ चैत्र २०७७, १६ : ३४ मा प्रकाशित

एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा युवक पक्राउ

एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन्  । काठमाडौं महानगरपालिका-२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा काठमाडौं ठमेल बस्ने भारत गोरखपुर घर भएका २२ वर्षीय दिलसाद आलमलाई प्रहरीले पक्राउ गरेको हो । 

उनले शुक्रबार बिहान साढे २ बजेको समयमा उक्त मेसिन फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको