Like us!
Follow us!
Connect us!
Watch us!

स्रोत नखुलेको १५ लाख रुपैयाँ सहित ४ जना पक्राउ

अर्थ संसार

बुधबार, २६ कार्तिक २०८२, १७ : ३८ मा प्रकाशित

स्रोत नखुलेको १५ लाख रुपैयाँ सहित ४ जना पक्राउ

मंगलबार दिउँसो सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२, झनझनेबाट प्रहरीले स्रोत नखुलेको १५ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१३ का २५ वर्षीय आदिल हमिद, २१ वर्षीय आमी हमिद, रौतहट गुजरा नगरपालिका–२ का ७३ वर्षीय चन्द्रमान योन्जन र ३२ वर्षीय चिनियाँ नागरिक स्योङ चाङ–ये रहेका छन्।

प्रहरी चौकी झनझनेबाट खटिएको टोलीले सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र ०१–०३१ च ५८०४ नम्बरको गाडी चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। गाडीको पछाडिको टायरभित्र लुकाइ–छिपाइ राखिएको अवस्थामा नगद भेटिएको प्रहरीले जनाएको छ।

गाडी चालक आदिल हमिद रहेका र आमी हमिद, चन्द्रमान योन्जन तथा स्योङ चाङ–ये सोही गाडीमा सवार रहेको पुष्टि भएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको