Like us!
Follow us!
Connect us!
Watch us!

लगनखेलमा जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

अर्थ संसार

मंगलबार, १७ चैत्र २०८२, २० : ३६ मा प्रकाशित

लगनखेलमा जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

ललितपुरको लगनखेल क्षेत्रमा जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार २०८२ साल चैत १५ गते पाटन मानसिक अस्पताल अगाडिको सडकपेटीमा हिँडिरहेका एक जेष्ठ नागरिकमाथि दुर्व्यवहार भएको सूचना प्राप्त भएपछि प्रहरीले तत्काल कारबाही अघि बढाएको हो।

उक्त घटनामा संलग्न रहेको आरोपमा गोदावरी नगरपालिका–१० टाखेलका ३० वर्षीय राम शरण शर्मा बजगाई (आरबी शर्मा) लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

हाल उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको