Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र उत्थान लघुवित्तको एफपिओ प्रस्ताव पारित

अर्थ संसार

सोमबार, ०९ चैत्र २०७७, १७ : ०८ मा प्रकाशित

राष्ट्र उत्थान लघुवित्तको एफपिओ प्रस्ताव पारित

राष्ट्र उत्थान लघुवित्तको दोस्रो वार्षिक सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा चैत्र ८ गते आइतबार, संस्थाकाे केन्द्रिय कार्यालय, साँगा, काठमाडाैँमा  सम्पन्न भएको हो ।

सभाले हाल कायम जारी पुँजीको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता एफपिओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले  मर्जर तथा प्राप्ति समबन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गरेको छ । सभाले आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन तथा सम्पूर्ण आर्थिक तथा वित्तीय प्रतिवेदन छलफल गरि पारित गरेको छ । 

सभाले अघिल्लो वर्ष लेखापरीक्षकलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गरेको छ, भने आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको