Like us!
Follow us!
Connect us!
Watch us!

तिनाउ मिसनलाई प्राप्ति गरेपश्चात सिटिजन्स बैंकले चैत्र १४ गतेदेखि एकीकृत कारोबार थाल्ने

अर्थ संसार

मंगलबार, १० चैत्र २०७७, १० : ५२ मा प्रकाशित

तिनाउ मिसनलाई प्राप्ति गरेपश्चात सिटिजन्स बैंकले चैत्र १४ गतेदेखि एकीकृत कारोबार थाल्ने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले चैत्र १४ गते, शनिबारबाट एकिकृत काराेबार सुरू गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न चैत्र ९ गतेकाे पत्रअनुसार अन्तिम स्वीकृति प्रदान गरेको थियाे । दुवै बैंककाे माघ १५ गते सम्पन्न भएकाे विशेष साधारण सभाले सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्टलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेका थिए ।

मर्जरपश्चात् "सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड" काे नामबाट एकिकृत काराेबार सुरू हुनेछ ।

त्यसैगरी, एकीकृत कारोबार सञ्चालन गर्ने प्रयोजनका लागि दुवै बैंकलाई एउटै सफ्टवेयरसँग डाटा माइग्रेसन गर्नुपर्ने भएकोले चैत १३ गते ३ बजेदेखि चैत १४ गतेसम्म दुवै बैंकले प्रदान गर्दै आएका सम्पूर्ण सेवाहरु बन्द रहने पनि बैंकले जनाएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6059780cc360e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको