Like us!
Follow us!
Connect us!
Watch us!

मेरो सेयर तथा डिपीको डिम्याट खाता नविकरण शुल्क अब 'खल्ती' बाटै तिर्न सकिने

अर्थ संसार

मंगलबार, १० चैत्र २०७७, १३ : ०० मा प्रकाशित

मेरो सेयर तथा डिपीको डिम्याट खाता नविकरण शुल्क अब 'खल्ती' बाटै तिर्न सकिने

खल्ती (स्प्यारो पे प्रा. लि) र सिडिएस एण्ड क्लियरिंग लिमिटेडको सहकार्यमा मेरो सेयर तथा ७६ वटा डिम्याट खाता संचालक कम्पनी (डिपी) को डिम्याट एकाउन्ट नवीकरण शुल्क अन्य सेवा शुल्क बिना अब खल्ती डिजीटल वालेटबाटै भुक्तानी गर्न पाइने भएको छ ।

सिडिएस एण्ड क्लियरिंग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलबीच यस सम्झौता पश्चात यो लागू भएको हो । यसअन्तर्गत अब मेरो सेयर र डिम्याट खाताको नवीकरण खल्ती डिजिटल वालेटबाटै गर्न सकिने भएको छ। डिम्याट खाताधनीहरूले मेरो सेयरको होम स्क्रिनमा लग (इन गरी त्यहाँ रहेको प्रोफाइलमा खाता नवीकरण गर्ने सुविधा उपलब्ध गरिएको छ ।  

सेयर डिम्याट खाता र मेरो सेयर शुल्क तिरेर नवीकरण गर्नुपर्ने नियम रहेको छ । समयमा शुल्क नतिरेको खण्डमा मेरो सेयर खाता निष्क्रिय हुने गरेको छ । खाता निष्क्रिय भएको खण्डमा डिम्याट खातामा भएको सेयर स्थानान्तरण गर्न सकिँदैन । साथै विभिन्न कम्पनीले निस्कासन गर्ने प्राथमिक सेयरहरु (आइपिओ) मा पनि आवेदन गर्न सकिँदैन । 

यस सन्दर्भमा खल्तीका भूर्तेल भन्छन्, “अब ३० लाख भन्दा बढी खाताधनीहरूले खल्ती एप डाउनलोड गरी अनलाइन डिम्याट र मेरो सेयर नवीकरण गर्न मिल्ने भएको छ। यसले थप जनतालाई लगानी गर्न प्रोत्साहन गर्ने कुरामा म विश्वस्त छु। साथै यसले डिजिटल नेपालको हाम्रो अभियानमा निकै ठुलो योगदान पुर्याउने पनि विश्वास राख्दछु।”

लगानीकर्ताहरू यस अघि डिम्याट खाता संचालक मेरो सेयर र कम्पनी (डिपी) को कार्यालय धाएर डिम्याट खाताको नवीकरण शुल्क तिर्दै आएका थिए
। खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको