Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको निधन

अर्थ संसार

शुक्रबार, १३ चैत्र २०७७, २० : ५६ मा प्रकाशित

कांग्रेसका  युवा नेता नवीन्द्रराज जोशीको निधन

कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज(शुक्रबार) निधन भएको छ । फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदै आएका  नेता जोशीको आज(शुक्रबार) साँझ ८ः२४ बजे निधन भएको हो । 

मष्तिष्कघातपछि उहाँलाई नर्भिक इन्टरनेशनल हस्पिटलको आइसियूमा राखी उपचार गरिएको थियो । भेन्टिलेटरको सपोर्टमा उपचार जारी राखिएको थियो । शुक्रबार बिहानदेखि जोशीको  मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा जोशीको  निधन भएको नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताएका छन् ।  नेता जोशीको निधनप्रति नर्भिक अस्पताल दुःख प्रकट गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको