Like us!
Follow us!
Connect us!
Watch us!

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अर्थ संसार

सोमबार, ३० भदौ २०८२, १६ : ०५ मा प्रकाशित

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । नम्बर नखुलेको टिपरले बा ४६ प ४६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ललितपुरको सातदोबाटो बस्ने मोटरसाइकल चालक ३१ वर्षीय मनिष केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उपचारका क्रममा ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा दुर्घटनामा गम्भीर घाइते केसीको सोमबारमृत्यु भएको हो । दुर्घटनापछि फरार टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको