जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार ३४ जनाको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार विभिन्न अस्पतालहरूमा ३३१ जना अझै उपचाररत छन् । घाइते भएर उपचार गराइरहेका ९४९ जना उपचारपछि घर फर्किएका छन् । राष्ट्रिय ट्रमा सेन्टर ८, सिभिल अस्पताल ६, भेरी अस्पताल ५, एभरेस्ट अस्पताल ३, केएमसी अस्पताल २, त्रिवि शिक्षण अस्पताल १, बयोधा अस्पताल २, फ्रन्टलाइन अस्पताल ३, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान २, बीएनसी अस्पताल १, बिर्तासिटी अस्पताल १ जनाको मृत्यु भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस