अफगानिस्तानमा बसमा दुर्घटना हुँदा इरानबाट फर्किएका अफगानी चढेको गाडीमा आगलागि हुँदा ७३ जनाको मृत्यु भएको छ । मृतकमध्ये १७ जना बालबालिका रहेका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
दुर्घटनाग्रस्तमा बसमा धेरैजसो इरानबाट फर्काइँदै गरिएका अफगानी प्रवासीहरू थिए । तालिबानको सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुक्तकीले काबुल जाँदै गरेको बसमा ट्रक र मोटरसाइकलसँग ठोक्किएर आगलागी भएको बताएका छन् । बसमा सवारमा सबैको मृत्यु भएको र ठोक्किएको अरू दुई सवारीमा रहेका दुई जनाले समेत ज्यान गुमाएका छन् । घटना मंगलबार बेलुकीको हो ।
हालैका महिनामा गृहयुद्धका कारण अफगानिस्तानबाट भागेका अफगानी नागरिकलाई इरानले स्वदेश फिर्ता पठाउनेक्रमलाई तीव्रता दिएको छ । सन् १९७० को दशकमा लाखौं अफगानी भागेर इरान र पाकिस्तान गएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस