Like us!
Follow us!
Connect us!
Watch us!

होलीपछि सेयर बजारको यात्रा तल कि माथि ? विष्लेषक विमल तिवारीको यस्तो विश्लेषण !

अर्थ संसार

आइतबार, १५ चैत्र २०७७, ०९ : ४३ मा प्रकाशित

यस साता सेयर बजारका सबै सूचकहरूमा सुधार देखिएको छ । नेप्से परिसूचक, सेन्सेटिभ परिसूचक, कारोबार रकम र बजार पुँजीकरण सबै सूचकहरू बढेका छन् ।

यस साता नेप्से परिसूचक ७३ दशमलव ८७ अंकले बढेर २५ सय ४८ दशमलव ९६ विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक १६ दशमलव ६१ अंकले बढेर २४ सय ७५ दशमलव ०९ विन्दुमा रोकिएको थियो । यस साता सेन्सेटिभ परिसूचक पनि ६।१६ अंकले बढेर ४५० दशमलव ३१ विन्दुमा पुगेको छ । ५ दिनको कारोबारमा यस साता बजार ३ दिन बढेको थियो भने सोमबार र बिहीबार बजारले ओरालो यात्रा तय गरेको थियो ।  

कारोबार रकमको कुरा गर्नुपर्दा यस साता कारोबार रकममा पनि वृद्धि भएको छ । गत साता औसतमा दैनिक ४ अर्ब १२ करोड रूपैयाँ बराबरको कारोबार भएकोमा यस साता औसतमा दैनिक ५ अर्ब ९१ करोड रूपैयाँ बराबरको कारोबार भएको हो ।
बजार पुँजीकरणको कुरा गर्नुपर्दा यस साता लगानीकर्ताको सम्पत्ती १ खर्ब ३ अर्बले बढेको छ । गत साता ३४ खर्ब १७ अर्ब रहेको बजार पुँजीकरण यस साता बढेर २५ खर्ब २० अर्ब पुगेको छ ।

यस साता कारोबार भएका १३ उपसमूहमध्ये अन्य उपसमूहको सूचक घट्दा  बाँकी १२ वटा उपसमूहको सूचक भने बढेको छ । सोमबारदेखि खुल्ने सेयर बजार कता जाला ? हेरौं विश्लेषक विमल तिवारीको विश्लेषण । 

सेयरकाे प्राविधिक विश्लेषण कसरी गर्ने ? बजार ८००० माथि पुग्न सक्छ | Bimal Tiwari | Arthasansar Talk

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको