साताको सेयर कारोबार हुने तेस्रो दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेर कारोबार भएको छ । अघिल्लो दिन पनि घटेको बजार आज पनि १४.४५ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २६६०.०२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २०२ कम्पनीको सेयर मूल्य घटेको छ भने ६२ कम्पनीको सेयर मूल्य बढेको छ । आज सेयर बजारमा १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.६० अंकले घटेर ४५८.८८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटा उपसूचकको सेयर मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ । परिसूचक घटेको दिन सेयर बजारमा ४ अर्ब ४१ करोड माथिको कारोबार भएको छ ।
आज सेयर बजारमा ३३८ कम्पनीका १ करोड ७ लाख ७७ हजार ५८२ कित्ता सेयर ७२ हजार ९१७ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार ४८६ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस