Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकले सुरु गर्यो “रहनुहोस् होसियार” अभियान !

अर्थ संसार

सोमबार, १६ चैत्र २०७७, १७ : ३७ मा प्रकाशित

गरिमा विकास बैंकले सुरु गर्यो “रहनुहोस् होसियार” अभियान !

राष्ट्रिय स्तरको गरिमा विकास बैंकले समग्र बैकिङ्ग प्रणालीमा बढ्दो Internet Fraud/Phishing बारे जनमानसमा चेतनामूलक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ आफ्नो सबै सामाजिक संजालबाट एक महिना लामो “रहनुहोस् होसियार” नामक अभियान चलाईरहेको छ । 

यस अभियान अन्तर्गत हरेक दिन यस बैंकले Internet Fraud/Phishing सम्बन्धित विभिन्न चेतनामूलक साम्रागीहरु आफ्नो सबै सामाजिक संजालबाट प्रकाशित गर्दै आईरहेको छ । चिट्ठा परेको छ भन्दै बैकिङ्ग विवरण मागेर मोबाईल बैकिङ्ग मार्फत हुने ठगीे र अरुलाई आफ्नो बैकिङ्ग विवरण दिँदा हुने नोक्सानी सम्बन्धमा विभिन्न पोष्ट, अडियो र भिडियो मार्फत बैंकले चेतनामूलक सूचना फैलाईरहेको छ । यस अभियान अन्तर्गत गरिमा विकास बैंकको आई.टि. विभागले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई नियमित रुपमा प्रशिक्षण समेत गरिरहेको छ । 

हाल गरिमा विकास बैंक ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु एवं ५१ एटिएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय सेवा दिदै आईरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको