Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएनएको पहलमा १० अर्ब पुँजीको नयाँ कम्पनी दर्ता,आईपिओ निष्कासन हुने

अर्थ संसार

बुधबार, १८ चैत्र २०७७, १३ : ३५ मा प्रकाशित

एनआरएनएको पहलमा १० अर्ब पुँजीको नयाँ कम्पनी दर्ता,आईपिओ निष्कासन हुने

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पहलमा कम्पनी रजिष्ट्रारको कार्यालयमा मंगलबार एनआरएन नेपाल डेभलपमेन्ट फन्ड नामको पब्लिक कम्पनी दर्ता भएको  छ । 

कम्पनी मार्फत नेपालमा १० अर्ब भन्दा बढिको लगानी भित्र्याउने तयारी भइरहेको छ जस मध्य अहिले नै २ अर्ब भन्दा बढि रकमको प्रतिबद्धता आइसकेको जनाइएको छ । 

कम्पनीमा ५ प्रतिशत लगानीसहित नेपाल सरकारसमेत प्रवर्द्धक रहेको छ । प्रतिबद्धता प्राप्त भइसकेको रकम यसै हप्ताबाट प्राप्त हुन थाल्ने एनआरएनएले जनाएको छ । उक्त कोषमा जम्मा रकम नेपालको उद्यम, व्यवसाय र पूर्वाधारका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ । 

कोषको ८५ प्रतिशत लगानीका लागि गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर (आईपीओ) निष्काशन हुने छ भने उक्त आइपिओमा गैरआवासिय नेपालीहरुले मात्र आवेदन दिन पाउनेछन् । 

कोषमा संसारभरी छरिएर रहेको गैरआवासिय नेपालीहरुले कम्तिमा १० डलर देखि माथि लगानी गर्न सम्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको