Like us!
Follow us!
Connect us!
Watch us!

गैरआवासीय नेपाली संघ कतारको अध्यक्षमा पदम गिरी

अर्थ संसार

आइतबार, १८ साउन २०८२, १० : २८ मा प्रकाशित

गैरआवासीय नेपाली संघ कतारको अध्यक्षमा पदम गिरी

गैरआवासीय नेपाली संघ(एनआरएनए) कतारको अध्यक्षमा पदम गिरी निर्वाचित भएका छन् । एनआरएनए कतारको ११ औं अधिवशेनले आगामी २ वर्षे कार्यकालका लागि गिरीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिती चयन गरेको हो ।

कार्यसमितीको प्रथम उपाध्यक्षमा रोशन अर्याल, द्धितीय उपाध्यक्षमा शुबास थापा, तृतीय उपाध्यक्षमा लिला राई, महिला उपाध्यक्षमा राम कुमारी तामाङ, युवा उपाध्यक्षमा टंक बहादुर वि.क निर्वाचित भएका छन् । त्यस्तै संघको महासचिव शिव भुजेल, सचिवहरुमा क्रमश खेमराज सुवेदी, ईसिलाल पण्डित र शंकरमान राई तथा कोषाध्यक्षमा प्रेम कमार बस्नेत र सह–कोषाध्यक्षमा मो आजाद मन्सुर निर्वाचित भएका छन् । त्यस्तै महिला संयोजकमा अप्सना मिया, युवा संयोजक छम बहादुर चन्द निर्वाचित भएका छन् । 

कार्यसमिति सदस्य हरुमा बलराम कौशल, शेख फैयाज, कृष्ण ढकाल, भानुभक्त शर्मा, मनिराज स्याङ्तान, मानसिंह विक, किरण परियार, दिपेन्द्र गैरे, गुणराज कटुवाल, सुशील गौतम, ईशान रेग्मी, रबिन खत्रि, प्रेम प्रकाश शाही, रबिन अधिकारी, श्याराम यादवअर्जुन कुमार यादव, प्रतिमा शिवा, रमेश महर्जन युवाराज पोखरेल लेखा समिति संयोजकमा पदम बहादुर रानाभाट, सदस्य द्वयमा साजिद एकवल, हेमराज रिजाल रहेका छ्न ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद (आईसीसी) सदस्यका लागि झविन्द्र बेलबासे, ईश्वरराज पौडेल, शिव कुमार महतो र मिनराज वाग्ले रहेका छ्न । नवनिर्वाचित अध्यक्ष गिरीले श्रमिकका समस्या समाधानको लागि आफु अग्रपङतीमा रहने बताए । सन् २००९ देखि कतारमा रहेका गिरी आइटी कम्पनीमा कार्यरत छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको