Like us!
Follow us!
Connect us!
Watch us!

सरकारविरुद्ध एनआरएनए अदालतमा

अर्थ संसार

शनिबार, ११ मंसिर २०७८, १८ : ४९ मा प्रकाशित

सरकारविरुद्ध एनआरएनए अदालतमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकार परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले  परराष्ट्र मन्त्रालयले अन्यायपूर्ण पत्रजारी गरेको कारणले संघ बाध्य भएर सरकारविरुद्ध अदालतमा गएको बताएका छन् । 

संघले शनिबार पत्रकार सम्मेलन गर्दै उच्च अदालत पाटनमा उत्प्रेरण आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकारविरुद्ध पहिलो पटक संघले मुद्दा दायर गरेको जनाएको छ । 

सरकारविरुद्धको निवेदनमामा १०औं महाधिवेशन गराउन संरक्षक परिषद्लाई जिम्मा दिने मन्त्रालयको निर्णय गैर कानुनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ ।

संघका अध्यक्ष पन्तले संरक्षक परिषद्लाई अनावश्यक चलखेल नगर्न आग्रह गरेका छन् । उनले संघको विवाद समाधान गर्न संघ सक्षम रहेको बताए । पन्तले संघको १०औं महाधिवेशन तथा निर्वाचन डिसेम्बर महिनाभित्रै हुने बताए ।

पत्रकार सम्मेलनमा संघका महासचिव डा. हेम राज शर्मा र प्रवक्ता डिबी क्षेत्रीले आआफ्नो भनाइहरू राखेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको