Like us!
Follow us!
Connect us!
Watch us!

डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले कुमारी बैंक र उपाय सिटी कार्गोबीच सहकार्य

अर्थ संसार

बुधबार, १८ चैत्र २०७७, १४ : ०६ मा प्रकाशित

डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले कुमारी बैंक र उपाय सिटी कार्गोबीच सहकार्य

नगदमा आधारित कारोबार/भुक्तानीलाई नगद्रहित बनाउने उद्देश्यले कुमारी बैंक लिमिटेडले उपाय सिटी कार्गो प्राइभेट लिमिटेडसँग सहकार्य गरेको छ ।  

बैंकको नक्साल परिसरमा भएको एक संक्षिप्त कार्यक्रममा बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप राणाको सभापत्य लगायत उपाय सिटि कार्गो प्राइभेट लिमिटेडका अध्यक्ष सुमन रायमाझीको F1 Soft International का बिश्वास ढकाल र U.K. Aid अन्तर्गतको SEEP “सीप” का नेपाल प्रमुख बल्जित बोहराको आतिथ्यता लगायत सम्पूर्ण संस्थाका व्यवस्थापन समूहका सदस्य एवं प्रतिनिधिको बीच यस सहकार्यको आधिकारिक हस्ताक्षर भएको थियो । 

उपाय सिटी कार्गोसंग आबद्ध पिक–उप ड्राइभर पार्टनरहरुलाई क्यू.आर.कोड तथा डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराई, यसको प्रशिक्षण दिएर अनौपचारिक ढंगले संचालित ढुवानी व्यवसायलाई अझ व्यवस्थित र भरपर्दो बनाउने कुमारी बैंक र उपाय सिटी कार्गोको मूल उद्देश्य रहेको छ । यस सहकार्य अन्तर्गत कुमारी बैंकले उपायका ड्राइभर पार्टनरहरुलाई सुविधाका साथै सहुलियत कर्जा, जीवन बिमा, न्यूनतम Down payment र EMI payment options लगायतका थप सेवासुविधाहरु प्रदान गर्ने भएको छ ।  

नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य तथा नीति अनुरुप नगद कारोबारलाई डिजिटल प्रविधिबाट भुक्तानी गर्न आयोजित उक्त कार्यक्रमले बैंकिंग सेवा क्षेत्रमा आउँदो डिजिटल आयामको संकेत दिएको छ ।

हाल सीमित रुपमा मात्र प्रचलनमा रहेको नगदरहित कारोबार अहिलेको परिपेक्ष्यमा व्यापक रुपमा विस्तार भईरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको