Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकको लिलामी सेयरको बोलपत्र आज खोलिने

अर्थ संसार

शुक्रबार, २० चैत्र २०७७, ०८ : ३२ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकको लिलामी सेयरको बोलपत्र आज खोलिने

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चैत्र ३ गते, मंगलबारदेखि चैत्र १० गते, मंगलबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको शेयरमा परेका बाेलपत्रहरू आज (चैत्र २० गते, शुक्रबार) खाेलिने भएकाे छ । 

उक्त बाेलपत्रहरू निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडाैँमा दिउँसो १ बजे खाेलिने बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

बैंकले गत माघ १३ गतेदेखि फागुन ३ गतेसम्म निष्कासन गरेको हकप्रदमा खरिद आवेदन नपरेको कुल २२ हजार ५५७ कित्ता सेयर लिलामीमा बिक्री गरेकाे थियाे। जसमध्ये, संस्थापक समूहकाे १५ हजार ९ सय ७४ कित्ता र सर्वसाधारण समूहकाे ६ हजार ५८३ कित्ता रहेकाे थियाे। 

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

606683d5d0a5d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको