Like us!
Follow us!
Connect us!
Watch us!

जागिर खाने हो ? साधना लघुवित्तले माग्यो कर्मचारी

अर्थ संसार

आइतबार, २२ चैत्र २०७७, १३ : ४० मा प्रकाशित

जागिर खाने हो ? साधना लघुवित्तले माग्यो कर्मचारी

साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदहरुमा कर्मचारीहरुको लागि दरखास्त आव्हान गरेको छ । 

लघुवित्तले जारी गरेको सूचना अनुसार सहायक महाप्रबन्धक एक सहित सहायक अधिकृत, सुपरभाईजर/वरिष्ठ सहायक/ सहायक, कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थी पदहरुमा केही संख्यामा कर्मचारी माग गरेको छ ।

गएको चैत्र १९ गते वित्तीय संस्थाले प्रकाशित गरेको सूचनामा जनाएअनुसार आफ्नो योग्यता पुगेका जो कसैले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र उक्त पदका लागि दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ । 

गोरखा नगरपालिका ६ हरामटारीमा केन्द्रिय कार्यालय रही राष्ट्रियस्तरको लघुवित्तको रुपमा कार्य सञ्चालन गर्दै आएको यस लघुवित्तले दुर्गम र ग्रामीण क्षेत्रमा लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको छ । 
संस्थाले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

6069734d893c9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको