Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीको सेयर सूचिकृत, कुनको कित्ता कति ?

अर्थ संसार

सोमबार, २३ चैत्र २०७७, १४ : ५४ मा प्रकाशित

नेप्सेमा ३ कम्पनीको सेयर सूचिकृत, कुनको कित्ता कति ?

आज (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । सोमबार नेप्सेमा ३ वटा कम्पनीको १२ लाख ७४ हजार भन्दा बढी कित्ता सेयर सूचिकृत भएको हो ।

स्टकका अनुसार ङादी ग्रुप पावर लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर सूचिकृत भएको हो  ।

कुनको कित्ता कति ?
ङादी ग्रुप पावर लिमिटेड

नेप्सेमा ङादी ग्रुप पावरको ५ लाख ३५ हजार ५५४ दशमलव ८० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड 
इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ६ लाख १० हजार ९९८ दशमलव ७९५० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड
सोमबार बरुण हाइड्रोपावरको १ लाख २७ हजार ५५७ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको