निभ कर्पाेरेशन लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नका लागि विशेष साधारणसभा बोलाएको हो ।
कम्पनीको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्काशनको प्रस्ताव सहित विशेष साधारणसभा आह्वान गरेको छ । विशेष साधारणसभा आउँदो असार १४ गते आइतबारका दिन दाङको तुल्सीपुर–७ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि बस्ने गरी आह्वान गरिएको हो ।
उक्त सभाले सर्वसाधारणका लागि कम्पनीको साधारण सेयर सार्वजनिक निष्काशन (आईपीओ) गर्ने तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न÷गराउन सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस