साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार घटेर कारोबार भएको छ । अघिल्लो दिन पनि घटेर कारोबार भएको बजार आज ४ अंकलेघटेर २७२४.०३ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १६७ कम्पनीको सेयर मूल्य घटेको छ भने ९२ कम्पनीको सेयर मूल्य बढेको छ । आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटि भइन्डेक्स पनि ०.५३ अंकले घटेर ४६७.०९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको बढेको छ ।
परिसूचक घटेको दिन बजारमा ४ अर्ब माथिको कारोबार भएको छ । आज ३४२ कम्पनीका ९८ लाख ५६ हजार ५२५ कित्ता सेयर ५४ हजार १७७ पटक खरिद बिक्री हुँदा ४ अर्ब ३४ करोड १० लाख ९४ हजार ७६४ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस