Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं छिर्न एन्टीजेन परीक्षण अनिवार्य, सार्वजनिक स्थानमा कार्यक्रम गर्न रोक

अर्थ संसार

सोमबार, २३ चैत्र २०७७, १६ : ०१ मा प्रकाशित

काठमाडौं छिर्न एन्टीजेन परीक्षण अनिवार्य, सार्वजनिक स्थानमा कार्यक्रम गर्न रोक

अब काठमांडौ बाहिरबाट उपत्यका प्रवेश गर्दा अनिवार्य रुपमा एन्टीजेन परीक्षण गर्नु पर्ने भएको छ ।आइतबार बसेको जिल्ला कोभिड १९  संकट व्‍यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

पराजुरीका अनुसार अब काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्‍यवस्थापन मिलाउने र सम्पर्क व्‍यक्ति तोक्नु पर्नेछ भने एन्टीजेन किट स्वास्थ्य कार्यालयले उपलब्ध गराउने छ । एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्‍यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर टेस्टको स्वाब संकलन गरी पठाउन समेत समितिले निर्देशन दिएको छ।

सार्वजनिक स्थानमा गरिने कार्यक्रमहरु स्थगित गर्न र गर्नैपरे कार्यक्रमका लागि नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्‍चालन गर्न समितिले आग्रह गरेको छ।

606ae3f317360.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको