Like us!
Follow us!
Connect us!
Watch us!

इसेवाबाट एयरलाइन्स् टिकट काट्दा शतप्रतिशत क्यास ब्याक !

अर्थ संसार

मंगलबार, २४ चैत्र २०७७, १६ : ३८ मा प्रकाशित

इसेवाबाट एयरलाइन्स् टिकट काट्दा शतप्रतिशत क्यास ब्याक !

भुक्तानी सेवा प्रदायक इसेवामार्फत हवाइजहाज टिकट काट्दा शतप्रतिशत क्यास ब्याक पाइने भएको छ । इसेवा मार्फत आन्तरिक तर्फको एयरलाइन्स्का कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रु यस योजनामा सहभागी हुनेछन् । हरेक दिन तीन जनाले तीन हजारसम्मको टिकटमा शतप्रतिशत क्यासब्याक पाउनेछन् भने त्यसभन्दा माथिको टिकटमा तीनहजार रूपैयाँ छुट पाउनेछन् । यो योजना ३१ चैतसम्म सञ्चालन हुनेछ । 

यस्तै जाउँ है पोखरा अभियान अन्तर्गत पोखरा जाने यात्रुहरुले एयरलाइन्स् टिकट काट्दा, टिकट बुकिङ, होटल तथा रेष्टुरेन्ट तथा साहसिक खेलहरूमा आकर्षक छुट प्राप्त गर्नेछन् । यात्रुहरुले इसेवा मार्फत टिकट काटिसकेपछि ‘जाउँ है पोखरा’ भन्ने विवरणमा क्लिक गरि यस्तो छुट पाइनेछ । होटल तथा शाहशिक खेलमा छुट प्राप्त गर्नका लागि इसेवाबाट प्रि बुकिङ गर्नुपर्नेछ अथवा हवाइ टिकट देखाउनुपर्नेछ ।  अहिले पश्चिमाञ्चल होटल संघ पोखरा र इसेवाको सहकार्यमा जाउँ है पोखरा अभियान अन्तर्गत पोखरा घुम्न जानको लागि विभिन्न प्रवद्र्धनात्मक कार्यहरु भइरहेका छन् । 

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख १० हजार  भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख २ लाख नाघिसकेका छन् ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको