Like us!
Follow us!
Connect us!
Watch us!

समता र घरेलु लघुवित्तको मर्जरको काम सकियो, कहिले खुल्छ दोस्रो बजार कारोबार ?

अर्थ संसार

बुधबार, २५ चैत्र २०७७, ०९ : ३१ मा प्रकाशित

समता र घरेलु लघुवित्तको मर्जरको काम सकियो, कहिले खुल्छ दोस्रो बजार कारोबार ?

समता र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जरपछि बनेको समता घरेलु लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार आउँदो वैशाख २ गतेबाट सुरु हुने भएको छ। 

गत पुस १४ दुवै लघुवित्तले वार्षिक साधारणसभाबाट मर्जर प्रक्रियालाई अनुमोदन गरेको थियो। नेपाल राष्ट्र बैंकले भने गत चैत १० गते मात्र दुवै लघुवित्तको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको थियो। कम्पनी रजिस्टरको कार्यलयले चैत्र १९ गते दुई बित्तिय संस्थाहरु बिचमा भएको सहमति बमोजिम दुबै संस्थाको नाममा रहेको सम्पुर्ण सम्पती मर्जरपछि बनेकोे समता घरेलु लघुवित्त वित्तीय संस्थाले सकार्ने गरी व्यबस्था गरेको छ । 


एकीकृत कारोबारका लागि दुवै संस्थाको डाटा माइग्रेसन कार्यका लागि यही चैत ३१ गते एक दिन दुवै वित्तीय संस्थाहरुले आफ्ना कार्यालयहरुबाट प्रदान गर्दै आइरहेको सम्पूर्ण बैंकिङ कारोबार बन्द गर्ने बताइएको छन्। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको