Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

विहीबार, १८ असार २०८३, १५ : ३३ मा प्रकाशित

दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नप्से) मा दुई वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्समो दुई वटा हाइड्रोपावर कम्पनीको ४ लाख ८३ हजार ४३१.२५ कित्ता बोनस सेयर सुचिकृत भएको हो  ।

यस दिन नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको ९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीको ३ लाख ४९ हजार ३७७ कित्ता सेयर  सूचीकृत भएको हो ।

त्यस्तै  कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १ लाख ३४ हजार ५४.२५ कित्ता बोनस सेयर सुचिकृत भएको हो । उक्त सेयर डिम्यात खातामा जम्मा भएपछि कारोबार गर्न सकिन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको